काठमाडौं,१५ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सुशासनको अभियान सरकारले जारी राख्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचार, अपराधीकरणलाई प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गर्नु सरकारको मिसन भएको जिकिर गर्दै अभियान जारी राख्ने बताएका हुन् ।
‘सरकारमा पनि रहिराख्ने अनि तैं चुप मैँ चुपको धन्दा हामी चलाउँदैनौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई सरकारले मूल मन्त्र बनाएको छ । यो अभियान जारी रहन्छ,पूर्णविराम लाग्दैन ‘हामी भ्रष्टाचारविरुद्धको अभियान अगाडि बढाउँछौँ । अपराधीकरणको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गर्छौँ ।’