किभ, १५ असोज । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले युरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किभमा सोमबार सुरु भएको पहिलो बैठकलाई स्वागत गरेका छन् ।
उक्त बैठकलाई उनले युरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी संज्ञा दिएका छन् ।
“वर्तमानमा पहिलो पटक युरोपेली युनियनको सीमाबाहिर युरोपेली युनियनका विदेश मामिला परिषद्को बस्न गइरहेको यो बैठक ऐतिहासिक घटना हो तर भविष्यमा यो बैठक युरोपेली युनियनको सिमानाभित्र बस्न गइरहेको छ”, युरोपेली युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलका छेउमा उभिरहेका पत्रकारहरूलाई उनले भने । रासस