Logo

एमाले कर्णालीको मतगणनास्थलमा तोडफोड, एक जना पक्राउ



काठमाडौं,१५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मतगणना भइरहेको स्थानमा तोडफोड भएको छ । मतगणनास्थत सुर्खेतको सिटीहलमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

तोडफोडका क्रममा सिटी हलको सिसाहरु फुटेका छन् । मतगणना स्थलबाट अनेरास्ववियुका नेता सत्य शाही पक्राउ परेका छन् ।

मतगणना स्थलमा प्रहरीसँग विवाद हुँदा उनी पक्राउ परेका हुन्। अहिले मतगणना भइरहेको ठाउँमा प्रहरी परिचालन गरिएको छ । सत्य शाहीले आफूपनि मतगणना स्थलमा बस्न पाउनुपर्ने भन्दै अडान लिएपछि केन्द्रीय सदस्यले शाहीलाई प्रहरीको जिम्मा लगाएको थियो । उनी पक्राउ परेपछि अनेरास्ववियुका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

हिजो राती सम्पन्न मतदानमा ६०९ मत खसेको छ । अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाह मैदानमा उत्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस्