Logo

एमाले कर्णालीको अध्यक्षमा मीनबहादुरलाई दोब्बर मतले पछि पार्दै गुलाबजंगले लिए अग्रता



काठमाडौं,१५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहले आफ्नो अग्रता दोब्बर पारेका छन् ।

दुई सय मत गन्दा शाहले १ सय २१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले ६५ मत पाएका छन्। उपाध्यक्षमा टेकराज पछाईंले १ सय ८, लालबहादुर महताराले ५९ पाएका छन्।

सचिवमा ध्रुव शाहीले १ सय ३७ र रुद्र शाहीले ५१ मत पाएका छन्।

एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो।



प्रतिक्रिया दिनुहोस्