Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, असोज १६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै आज अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १३९.६६ रुपैयाँ र बिक्री दर १४०.२९ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१.१२ रुपैयाँ र बिक्री दर १६१.८५ रुपैयाँ रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.३६ रुपैयाँ र बिक्री दर ३६.५३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्