Logo

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं, असोज १६। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अल्ब्राइट आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्।

भेटवार्ताका क्रमा नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयाम लगायत एमसीसी परियोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल भ्रमणमा रहेकी सीईओ अल्ब्राइटले सोमबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो ।



प्रतिक्रिया दिनुहोस्