Logo

आजको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने



काठमाडौं, १६ असोज । प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

सभामुख सचिवालयका अनुसार आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय मागेका हुन्।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका र चीन भ्रमणमा भएका गतिविधिको जानकारी गराएका थिए।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८०” पेश गर्ने कार्यसूची छ।

सरकारले संसदमा प्रभावकारी बनाउन बिजनेस दिन सकिरहेको छैन। सांसदहरुले संसदलाई बिजनेस दिन सरकारसँग माग गरिरहेका छन्। धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको उनीहरुको गुनासो छ। file photo



प्रतिक्रिया दिनुहोस्