Logo

कांग्रेस सांसद सुनिल शर्मालाई थुनिएको भन्दै सरकारविरुद्ध खनिए ओली



काठमाडौं,१६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले सरकारले सुशासनका नाममा जनता झुक्याउने खेल खेलेको दाबी गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा सम्बोधन गरिरहेका ओलीले सरकारले भन्ने एउटा र गर्ने अर्को गरिरहेको भन्दै कडारुपमा प्रस्तुत भएका छन् । ओलीले नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मालाई गिरफ्तार गरेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

‘माननीय सुनिल शर्मा यो गरिमामय संसद्को सदस्य हो । निर्वाचित जनप्रनिधि हो । उहाँको शैक्षिक प्रमाणपत्रमा शंका लाग्यो भनेर उम्किन नदिएर समातेन हत्कडी लगाएर थुनामा राखियो । एउटा माननीय, मेडिकल चलाएर बसिरहेको व्यवसायी , यत्रो कारोबार भएको मान्छे त्यसमा पनि सांसदलाई गिरफ्तार गरेर लगियो । एक क्विन्टल सुन भित्राउने मान्छेलाई हिरासत पुर्याउनेवित्तिकै छोडियो किन? ’ । ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्