Logo

गृहमन्त्रीलाई अ‍ोलीको प्रश्न: हत्यारा र भ्रष्टलाई जोगाएर कस्तो सुशासन आउँछ ?



काठमाडौं,१६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली माथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भ्रष्टाचारी, तस्कर र हत्याराहरुको संरक्षण गर्दै सुशासनको गफ नदिन पनि श्रेष्ठलाई चेतावनी दिए ।

‘गृहमन्त्रीजीले हेटौँडामा उधुमै खोख्नु भयो । सरकारले सुशासनको अभियान चलाएकोमा संगठित रूपमा विरोधी लागेका छन् भन्नुभयो,उनले भने, ‘कुन विरोधी हो ? सुन तस्करी पक्राउ पर्छ । तपाईं ढाकछोप गर्न लाग्नु हुन्छ’ ।

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणबारे छानबिन आयोग बनाउन एक महिना लडाइँ गर्नुपरेको बताए । छानबिन आयोग बनाउन एक महिना लडाइँ गर्नुपर्छ । छानबिन गर्दा तपाईंको के बिग्रिन्थ्यो ? किन आत्तिएको ? गफ दिनु हुन्छ हेटौँडा गएर ?,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्