Logo

मेरो हत्या गर्न खोज्नेलाई सरकारले संरक्षण गर्‍योः केपी ओली



काठमाडौं,१६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनतालाई गुमराहमा राखेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा मंगलबारको संसद् बैठकमा सम्बोधन गर्दै ओलीले वर्तमान गठबन्धनको सरकारले देश र जनतालाई ढाँटिरहेको दाबी गरेका हुन् । उनले प्रधानमन्त्रीले जातीय राज्य दिन्छु भन्दै भोट मागिरहेृको भन्दै प्रतिवादसमेत गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो हत्याको प्रयास गर्नेलाई सरकारले संरक्षण गरेको आरोपसमेत लगाएका छन् । ‘प्रमुख प्रतिपक्षी दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ, गराउँछ । यो मैले किन भनेको भने हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन,’ उनले भने, ‘मेरो ज्यान मार्न खोज्ने त्यस्ता मान्छेलाई समाउँदैन, समातेझैँ गर्न खोज्यो भने तत्काल छाड्छ । पहरीको टाउको फुटाउने त्यो स्तरको हमला हुँदा, हामीमाथि हमला हुँदा केही नगर्नु भन्ने आदेश गर्छ ।’

तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधमा आन्दोलित बनेका पहिचान पक्षधरहरुले पूर्वी नेपालमा एमालेका नेतालाई लक्षित गरेर आक्रमण गरेका थिए । जसमा २ पटक ओलीलाई समेत आक्रमणको प्रयास भएको थियो ।



प्रतिक्रिया दिनुहोस्