Logo

माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ, हेलिकप्टरबाट नेपालगञ्ज ल्याईयो



काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्य एकाएक अस्वस्थ भएपछि उपचारको लागि नेपालगञ्ज ल्याईएको छ ।

पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ नामक विशेष कार्यक्रमअन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य एकाएक अस्वस्थ भएका थिए ।

उनको शरिरको दाहिने भाग नचल्ने भएको बताईएको छ । उनलाई हेलिकप्टरबाट नेपालगञ्ज ल्याईएको छ । अहिले उनको उपचार सुरु भैसकेको छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्