काठमाडौं,१७ असोज । कोशी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।
२०७९ पुस १७ मा कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । प्रदेशसभाको हालसम्म तीन वटा अधिवेशन सकिएको छ । यो अधिवेशनमा असोज २० भित्र मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
यसैबीच मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् । गत भदौ २२ गते सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले संवैधानिक व्यवस्था अनुसार असोज २० गतेसम्ममा विश्वासको मत लिनैपर्ने हुन्छ । संविधानको सोहि व्यवस्था अनुसार कार्कीले असोज २० गते विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिने दिन नजिकिँदै गरेपनि अहिलेकै अवस्थामा कार्कीले विश्वासको मत पाउँने निश्चित भने छैन् । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको साथ आवश्यक पर्ने भएपनि हाल कार्की नेतृत्वको दल नेकपा एमालेसँग ४० र राप्रपासँथ ६ गरि ४६ सांसद छ्न । त्यसमा पनि प्रदेश सभा उपसभामुख सिर्जना दनुवारले चलाईरहेकी छन् । त्यसकारण उनले विश्वासको मत दिन मिल्नेछैन् । यस्तो अवस्थामा कार्कीको पक्षमा ४५ मत मात्रै हुने देखिन्छ् । यद्यपि राप्रपाले पनि विश्वासको मत दिने नदिने निर्णय गरिसकेको छैन् । राप्रपा अहिलेपनि पर्ख र हेरको अवस्थामै रहेको बताईन्छ् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको कार्की नेतृत्वको प्रदेश सरकारले विश्वासको मत नपाएमा धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बन्नेछ ।