Logo

कांग्रेस सभापति देउवा अस्वस्थ, अहिले घरमै आराम



काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी तीन दिनदेखि घरमै आराम गरेर बसेका छन् ।

रुघाखोकीले ग्रस्त देउवा यतिवेला टन्सिल र ज्वरोबाट पनि ग्रस्त छन् । कांग्रेस नेता मीन विश्वकर्माले जनाएअनुसार सभापति देउवाले अहिले राजनीतिक भेटघाट बन्द गरेका छन् । अरु अवस्था भने नर्मल नै रहेको नेता विश्वकर्माको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्