Logo

‘कोशीमा मध्यावधि भए हामी एक्लैले ५५ सिट जितेर देखाउँछौं’



काठमाडौं,१७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कोशी प्रदेशको राजनीतिक अस्थिरता हल गर्न सबै राजनीति दल जिम्मेवारपूर्ण ढंगले लाग्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले कोशीमा देखिएको वर्तमान संकटले मध्यावधि निर्वाचन निम्तिने खतरासमेत औंल्याएका छन् । उनले मध्यावधि होस् भन्ने आफ्नो पार्टीले नचाहेको भएपनि कथमकदाचित मध्यावधिको अवस्था आइपरेमा एमाले एक्लैले ५५ सिट जितेर देखाईदिने दाबीसमेत गरेका छ्न ।

उनले मध्यावधिमा गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि बताए । ‘उहाँ सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन,’ ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्