काठमाडौं,१७ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दोस्रो दिनको पदाधिकारी बैठक सुरु भएको छ । काठमाडौंको एक पाटी प्यालेसमा बैठक सुरु भएको हो । लोसपाको पदाधिकारी बैठक मंगलबार पनि बसेको थियो ।
काठमाडौँको एक पाटी प्यालेसमा सुरु भएको बैठकमा संगठन निर्माण, समसामयिक राजनीतिक अवस्था लगायतको विषयमा नेताहरुले आ–आफ्नो धारणा राखि रहेका छन् ।
६३ जनाको जम्बो पदाधिकारी रहेको लोसपामा मंगलबार २२ जनाले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा शीर्ष नेताहरुले नेताहरुलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या ठूलो बनाइएको र यसलाई महाधिवेशनमार्फत छोटो छरितो बनाउने बताएका छन् ।