Logo

भेपमार्फत सुन तस्करी प्रकरणः थप एकजना पक्राउ



काठमाडौं,१७ असोज । विद्युतीय सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो। चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो।

उक्त प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

उक्त सुन नेपाल भित्रयाउन सहयोग गरेको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा भदौं १३ गते पक्राउ परेका थिए । उनलाई सीआईबीले अनुसन्धान गरिरहेको छ। महरा हालपनि प्रहरी हिरासतमै रहेका छन् ।

उक्त प्रकरणमा सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ।
फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडौँ भित्र्याइएको थियो। सो काण्डमा भन्सारका कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागारमा छन्।



प्रतिक्रिया दिनुहोस्