Logo

नेपालमा उत्पादित सुपारी भारत निर्यात गर्न आवश्यक पहल गरिरहेका छौंः उद्योगमन्त्री रिजाल



काठमाडौं,१७ असोज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा उत्पादित सुपारी भारतमा निर्यात गर्न दुई देशबीच आवश्यक पहल भइरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको उद्योग वाणिज्य, उपभोक्ता हित संरक्षण समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री रिजालले दुई देशबीच आपसी हितलाई ध्यानमा राखेर नेपालमा उत्पादित सुपारी छिट्टै सहजरुपमा भारत पठाउने व्यवस्था मिलाउन लागिएको जानकारी गराएका हुन् ।

‘भारतमा नेपाली सुपारी निर्यात गर्न पाउनु हुन्छ । केही कारण बन्द छ । तर, हामीले के गर्दा हुन्छ । भारत सरकारलाई पत्र लेखेर समाधान हुन्छ भने त्यो पनि गर्न तयार छौँ ’ उनले भने, ‘तर केही व्यवहारिक अफ्ठ्यारा पनि छन् । अदालतमा मुद्दा पनि परेको अवस्था छ ।’

नेपालमा उत्पादित सुपारी लामो समयदेखि भारतमा निर्यात हुन् सकेको छैन । जसले गर्दा किसानसँग व्यापारीले पनि ठूलो नोक्सान बेर्होर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्