काठमाडौं, १७ असोज । अभिनेत्री पूजा शर्माले कुराले मात्रै नभएर व्यवहारले निर्माता बचाउनुपर्ने बताएकी छिन् । चलचित्र निर्माता तथा निर्देशक सुदर्शन थापा र अभिनेता अनमोल केसी प्रकरणलाई संकेत गर्दै पूजाले यस्तो टिप्पणी गरेकी हुन् । उनले अहिले सुदर्शनलाई परेको अन्याय भोलि जसलाई पनि पर्नसक्ने भन्दै व्यवहारले नै प्रोड्युसरलाई बचाउनुपर्ने धारणा राखेकी छिन् ।
उनले लेखेकी छिन्–अर्कोतिर भिड छ भन्दैमा सत्य मर्दैन् । अझै प्रमाण सहित निर्माण पक्ष ठगीएको/धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोली जसलाई पनि पर्न सक्छ. कुराले मात्रै होइन व्यवहारले प्रोड्युसर बचाऔ । कोही पनि अन्यायमा नपरोस । जय नेपाली सिनेमा ।’