Logo

इक्यानद्वारा छात्रवृत्ति स्थापना



काठमाडौँ, १७ असोज । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले सफ्टएड ग्रुपमा ५० नेपाली विद्यार्थीलाई एक करोड बरारबको छात्रवृत्ति दिने भएको छ ।

सङ्घको ‘स्टडी इन’ नेपाल अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सनवे कलेजसँगको सहकार्यमा सन् २०२३/२०२४ का शैक्षिकसत्रमा सूचना प्रविधि विषयको स्नातक तहका लागि सो छात्रवृत्ति दिनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । कलेजले बिएस्सी, अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।

ती विषयमा अध्ययन गर्न चाहने दुई विद्यार्थीलाई पूर्ण र ४८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति दिने भएको छ । विद्यार्थीको छनोट उत्कृष्टताका आधारमा हुनेछ । इक्यानका अध्यक्ष शेषराज भट्टराईले सूचना प्रविधि क्षेत्रको उच्चशिक्षा हासिल गर्ने अभिलाषा बोकेका नेपाली विद्यार्थीले यो अवसरको उपयोग गर्न सक्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्