काठमाडौं,१७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख राम गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर यादवसहित २१ जनालाई दोषी ठहर गरेको हो । गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदीको ठेक्का गैर कानुनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्याएको आरोप उनीहरुमाथि लागेको थियो ।विजयपुरलाई ६० र गुजरा नगरपालिकालाई ४० प्रतिशत दिने निर्णय भएको थियो। तर, विजयपुरले ठेक्का रद्द गरेको थियो । आर्थिक वर्ष ०७५-७६ मा मेयर यादवले ठेक्का रद्द गरेका थिए।
सो निर्णयले सरकारलाई घाटा भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उक्त उजुरीउपर अनुसन्धान गरी गत वर्ष मुद्दा चलाइएको थियो।
२०७९ असार १२ गते मेयर यादवसहित २१ जनाविरुद्ध डेढ करोड बिगो मागदाबी गर्दै अख्तिायरले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएका २१ जनामध्ये २० जनाले सफाइ पाएका छ्न । भने मेयर यादव दोषी ठहर भएका छन् । उनको बारेमा सजाय तोक्न असोज २४ गते पेशी तोकिएको अदालतले जनाएको छ । यादव २०७४ र २०७९ को दुबै स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।