Logo

फेसबुक र टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्छ : जसपा नेता



काठमाडौं, १८ असोज । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सामाजिक सद्भाव, आपसी भाइचारा र नेपालीपन बिथोल्ने चाहने तत्त्वले सुनियोजित रुपमा नेपालगन्जमा दंगाफसाद गराउन खोजेको आरोप लगाएका छन् ।
‘नेपालगन्ज हिन्दु र मुसलमान मिलेर बसेको सहर हो । निश्चित राजनीतिक फाइदाका लागि कुनै जाति र धर्म विशेषको नाममा आगोमा घिउ थप्ने मौकाको खोजीमा रहेको तत्त्वले यहाँ दंगा फसाद गराउन खोजेको हो । उनीहरुले सुनियोजित रुपमा बाहिरबाट सञ्चालित भएर आपसी सामाजिक सद्भाव खलबलाउने प्रयास गरे । बिस्तारै सबैले बुझ्दै गएका छन् । उनीहरु त्यसमा सफल हुँदैनन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
आफूले गृहमन्त्रीलाई चार महिना अघि पत्र लेखेर यसबारे जानकारी गराउँदा पनि गृहप्रशासन चुकेको राईले बताए । उनले भने, ‘मैले यसबारे समयमै जानकारी गराउँदा पनि गृहप्रशासन चुक्न पुग्यो । यसको कारण थाहा हुँदाहुँदै पनि समयमै निदान नहुँदा समस्या निम्तियो । पूर्वबाट सुरु भएको द्वन्द्व मध्यपश्चिम आइपुग्यो । भोलि सुदूरपश्चिम वा काठमाडौंमा नपुग्ला भन्न सकिँदैन ।’
राईले नेपालगन्जको अवस्था सामान्य बन्दै गएको पनि बताए । उनले भने, ‘सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कानुनी दायरामा ल्याउन नसक्दाको क्रिया-प्रतिक्रियामा नेपालगन्जमा दुर्घटना निम्तिएको अवस्था हो । हिजो प्रमुख जिल्ला अधिकारीको पहलमा भएको सर्वदलीय छलफलमा असामाजिक तत्त्वको पहिचान गरेर कानुनी दायरामा ल्याउने र दीर्घकालीन निदान खोज्ने, कुनै पनि समुदायलाई लक्ष्य गरेर सूचना सम्प्रेषण नगर्ने, जनजीविका कठिन हुँदै गरेकाले खुकुलो पार्दै जाने, घाइतेको औषधोपचार गर्ने सहमति भएको छ । घर, सवारी साधन र सरकारी कार्यालयमा भएको तोडफोड, आगजनीको क्षतिपूर्तिका लागि नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गरेका छौं । आज र भोलिसम्म कर्फ्यु खुकुलो बनाउने र जुलुस, भेला हुन नदिन निषेधाज्ञा जारी गर्ने समझदारी भएको छ ।’
जसपा नेता राईले सामाजिक सञ्जालका कारण समस्या आएकाले फेसबुक र टिकटक बन्द गर्नुपर्ने बताए । उनले भने, ‘७५ प्रतिशत दुर्घटना सामाजिक सञ्जालका कारण भएका छन् । नेपाल सरकारले फेसबुक र टिकटक ब्यान्ड गर्नुपर्छ । भ्वाइस एडिट, ग्राफिक गरेर जे पनि राखेर दुष्प्रचार गर्न थालिएको छ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न सकेको भए नेपालगन्जको समस्या एक दिनमै समाधान हुन्थ्यो ।’ फेसबुक र टिकटकको विकल्पमा गुगल, युट्युब, भाइबर, एक्स ट्वीटर, स्न्याप च्याट प्रयोग गर्न सकिने उनको धारणा छ ।

पूर्वबाट सुरु भएको द्वन्द् मध्य पश्चिम आइपुग्यो । भोलि सुदूरपश्चिम वा काठमाडौंमा नपुग्ला भन्न सकिँदैन । पूर्वबाट पश्चिममा आइपुग्यो ।
राईले नेपालगन्जको अवस्था सामान्य बन्दै गएको पनि बताए । उनले भने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कानुनी दायरामा ल्याउन नसक्दाको क्रिया प्रतिक्रियामा जाने गर्दा नेपालगन्जमा दुर्घटना निम्तिएको अवस्था हो । हिजो प्रमुख जिल्ला अधिकारीको पहलमा भएको सर्वदलीय छलफलमा असामाजिक तत्त्वको पहिचान गरेर कानुनी दायरामा ल्याउने र दीर्घकालीन निदान खोज्ने, कुनै पनि समुदायमा लक्ष्य गरेर सूचना सम्प्रेषण नगर्ने, जनजीविका कठिन हुँदै गरेकाले खुकुलो पार्दै जाने, घाइतेको औषधोपचार गर्ने सहमति भएको छ । घर, सवारी साधन र सरकारी कार्यालयमा भएको तोडफोड, आगजनीको क्षतिपूर्तिका लागि नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गरेका छौं । आज र भोलिसम्म कफ्र्यु खुकुलो बनाउने र जुलुस, भेला हुन नदिन निषेधाज्ञा जारी गर्ने समझदारी भएको छ ।
जसपा नेता राईले सामाजिक सञ्जालका कारण समस्या आएकाले फेसबुक र टिकटक बन्द गर्नुपर्ने बताए । उनले भने, ७५ प्रतिशत दुर्घटना सामाजिक सञ्जालका कारण भएका छन् । नेपाल सरकारले फेसबुक र टिकटक ब्यान्ड गर्नुपर्छ । भ्वाइस एडिट, ग्राफिक गरेर जे पनि राखेर दुष्प्रचार गर्न थालिएको छ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न सकेको भए नेपालगन्जको समस्या एक दिनमै नियन्त्रण हुन्थ्यो । फेसबुक र टिकटकको विकल्पमा गुगल, युट्युब, भाइबर, एक्स ट्वीटर, स्न्याप च्याट प्रयोग गर्न सकिने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्