काठमाडौं,१८ असोज । वचतकर्ताले जम्मा गरेको झण्डै ४ करोड रकम हिनामिना गरेको आरोपमा देउराली वचत तथा ऋण सहाकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् ।
चौंलागाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले आज पक्राउ गरेको हो ।
उनीमाथि वचतकर्ताको रकम हिनामिना गरेको लगायतका उजुरी दर्ता भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौलागाईं काभ्रेको चौरी देउराली निवासी हुन, उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।