Logo

एमाले बागमतीका नवनिर्वाचित पदाधिकारीले लिए शपथ



काठमाडौं,१८ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार एमालेको केन्द्रीय मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताको उपस्थितिमा नवनिर्वाचित कमिटीका पदाधिकारीले शपथ लिएका हुन् ।

गत शुक्रबार सम्पन्न एमाले बागमतीको अधिवेशनबाट कैलाश ढुंगेलको नेतृत्वमा २४५ जनाको प्रदेश कमिटी चयन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्