Logo

प्रधानमन्त्री दाहाल र स्विडेनका राजदूत थेस्लेफबीच भेटवार्ता



काठमाडौं, असोज १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि स्विडेनका नवनियुक्त गैरआवासीय राजदूत यान थेस्लेफबीच आज शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री दाहाल र राजदूत थेस्लेफले आगामी दिनमा नेपाल र स्विडेनबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेबारे जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्