Logo

निजी विद्यालयको नाम चेल्सी,बार्सा,लिभरपुल राखिएको भन्दै गोकुल बास्कोटाको आपत्ति



काठमाौं,१९ असोज । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले सरकाले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयक पुर्नलेखन गर्नुपर्ने बताएका छन् ।

शुक्रबारबाट संसद्मा सुरु भएको विद्यालय शिक्षा विधेयकका बारेमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले नेपालमा बहुदलीय व्यवस्थाको परिणामस्वरुप देशमा शिक्षा क्षेत्रमा व्यापकमात्रामा निजीकरणले घेरेको बताएका छन् ।

बास्कोटाले नेपालका निजी विद्यालयहरुले विद्यालयको र्बासिलोना, चेल्नी र लिभरपुल राखिएको भन्दै आपत्तिसमेत जनाए । उनले पालमा सगरमाथा र जनकजस्ता पहिचानयुक्त नाम राख्न नसकेकोप्रति आपत्तिसमेत जनाए ।

‘भाषण गरेर हुँदैन । नीतिगत, राज्यको क्षमता र प्राइभेट सेक्टरको आठ सय अर्ब लगानीको पनि कसरी बन्दोबस्त गर्छौँ ती कुराहरू पनि छन् । त्यसले एउटा महाबिष्फोटको रूपमा होइन महाप्रस्थान र देश निर्माणको एउटा जग बसाले कोशेढुंगा बनाउने गरी विधेयकलाई अगाडि बढाउनुपर्छ । सरकारले गलत गरेको छ व्यापक छलफल गर्नुपर्थ्यो । व्यापक परिमार्जन आवश्यक छ ’ उनले भने, ‘बहुदलीय व्यवस्थाको आगमनसँगै अन्धाधुन्दरुपमा गरिएको खासगरी शैक्षिक क्षेत्रमा गरिएको नीजिकरणको परिणाम आजको शैक्षिक बेथिति अति राजनीतिकरण, गुणस्तरमा कमी,र देशका भविष्यका कर्णधारले यो देश मेरो हो र म यहि देशमा बाँच्न सक्छु , यहि देशलाई परिवर्तन गर्न सक्छु भन्नेबारेमा आधार सिर्जना हुन सकेन । आज सार्वजनिक विद्यालयमा पढाउने शिक्षकले आफ्नै बच्चाहरुको विश्वास जित्न सकेका छैनन् । र प्राइभेट विद्यालयमा जान्छन् । विद्यालयका नामहरु, कलेजका नामहरु र्बासा,चेल्सी,लिभरपूल,के यहाँ सगरमाथ छैन ? जनक छैन? केहिपनि छैन? यहाँ यी कुरा केहिपनि व्यवस्थित छैन’।बास्कोटाले भने



प्रतिक्रिया दिनुहोस्