काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले विद्यालय शिक्षा विधेयकका बारेमा देखिएका सबै समस्याहरु हल गरेर मात्रै पास गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा संसद्मा दर्ता भएको शिक्षा विधेयकले सबैको भावनालाई समेट्नेगरि पारित गर्नुपर्नेमा जोड दिए । उनले शिक्षकहरुले आफ्नै आमाले पढाएको जस्तो भावना आउनेगरि कानून निर्माण गर्नुपर्नेमा खतिवडाले जोड दिए ।
उनले भने– ‘राम्रो शिक्षा दिन सकिएन भने त्यसले केही अर्थ दिँदैन । विद्यालयभन्दा पहिलो पाठशाला घर नै हो, आमा नै हो भन्ने जुन भावना थियो, त्यो भावना गुरुहरूले आमाको काखमा हुर्किएको जस्तो शिक्षा दिने सबैलाई अनुभूति होस् ।’