Logo

प्रचण्डको विकल्प खोज्ने बेला आएको शेखर कोइरालाको भनाई, अराजक नबन्न चेतावनी



काठमाडौं, २० असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सडकमा लाखौं मान्छे उतार्छु भनेर कसलाई धम्की दिएको भन्दै प्रश्न गरेका छन् । कोइराला पछिल्लो समय प्रधानमन्त्री दाहालमाथि आक्रामक सुनिएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित नेपाली कांग्रेस गोरखाको शहीद खन गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चको दशैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड आफूहरुको समर्थनमा प्रधानमन्त्री बनेको भन्दै अराजक बन्न नहुने धारणा राखे ।

यस्तै, उनले प्रधानमन्त्री दाहालले जातीय राज्यको कुरा गर्नुपनि आपत्तिजनक भएको बताए । उनको प्रश्न थियो–‘के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो ? उहाँले पहिलो संविधान सभामा जातीय राज्य दिएको होइन ? उहाँले चाहदैमा हुँदैन र यो देश जातीय, धार्मिक र साम्प्रदायिक हिसाबले मिलेको देशलाई भाँड्ने अराजक कुरा गर्न मिल्दैन ।’ सो क्रमा उनले अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला आएको पनि आवश्यकत्ता औंल्याए ।



प्रतिक्रिया दिनुहोस्