Logo

गण्डकी प्रदेशः विषयगत समितिका सभापतिले लिए शपथ



काठमाडौं,२१ असोज । गण्डकी प्रदेशका नवनिर्वाचित संसदीय समतिकिा सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छ्न ।

आइतबार प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले सभापतिहरुलाई शपथ गराएका हुन् । प्रदेश सभामा रहेका ४ वटा विषयगत समितिमा शनिबार सबै सर्वसम्मतरुपमा चयन भएका थिए ।

अर्थ तथा विकास समितिमा कांग्रेसका भोजराज अर्याल, प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेसकै चम्पादेवी खड्का, सामाजिक विकास तथा कृषि समितिमा माओवादीका फडिन्द्र देवकोटा र सार्वजनिक लेखा समितिमा एमालेका सुधीरकुमार पौडेल सभापति चुनिएका छन् ।



प्रतिक्रिया दिनुहोस्