फिनिक्स , संयुक्त राज्य अमेरिका, २१ असोज । दक्षिण पश्चिम अमेरिकाको मार्टिन अटो म्युजियममा शनिबार आयोजना गरिएको एसियाली महोत्सवले खाना प्रेमीहरूलाई आकर्षित गरेको छ ।
मुछेको पिठोलाई बेलेर विभिन्न आकार बनाई यसभित्र तरकारी र मसलाहरूको मिश्रण राखी बनाइएका खानाका परिकारको विविधताको स्वाद चखाउने महोत्सवमा १५ भन्दा बढी स्थानीय खाद्य ब्याबसायहरू संलग्न हुने गरेका छन् ।
महोत्सवमा चीन ,जापान , थाइल्याड , भियतनाम, नेपाललगाएतका एक दर्जनभन्दा बढी एसियाली देशहरूका सयौ स्वादिष्ट परिकारहरु राखिएका थिए ।
परम्परागत र स्थानीय खानामा मात्रा सिमित नभएर विश्वभरका धेरै किसिमका परिकार राखिएकोले महोत्सवको रौनक निकै उत्साहजनक बनेको थियो ।
परिकारमा मम, चाउचाउ, चाउमिनसहित चिया कफी लगायतका विदेशी पेय पदार्थहरू सम्लग्न गरिएको थियो ।
सहभागी क्याथरिन र एडम मिनीले सिन्ह्वालाई दिएको जानकारी अनुसार उनीहरु इन्स्टाग्राम मार्फत एसियाली खाना महोत्सवको बारेमा थाहा पाएर आएका थिए । सबै प्रकारका एसियाली खानेकुराहरु एकै स्थानमा पाइने तथा एसियाली संस्कृतिको बारेमा बुझ्नसमेत पाईने भएकाले महोत्सव आकर्षक भएको उनीहरूले बताए । रासस