Logo

हमास समूहको आक्रमणमा एमालेले भन्यो- विज्ञप्ति जारी गरेर हुँदैन प्रधानमन्त्रीले इजरायलका समकक्षीलाई टेलिफोन गर्नुपर्छ



काठमाडौं,२१ असोज । नेकपा एमालेले शनिबार इजरायलमा बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति भत्र्सना गरेको छ ।

प्रतिनिधि सभा बैठकमा विषेस समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले उक्र घटनामा परेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्नसमेत माग गरे । उनले नेपाल सरकराले उक्र घटनाबारे विज्ञप्तिमात्र निकालेर नहुने भन्दै इजरायली समकक्षीसँग टेलिफोनबाट वार्ता गरेर जानकारी लिनसमेत माग गरेका छन् ।

उनले उक्त घटनामा परेका नेपालीलाई तदारुकताको साथ उद्धारका कार्यमा पहलकदमी लिन सरकरासमक्ष माग गरेका छन् ।

उनले भने, ‘हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरू पनि त्यो घटनामा परेको र केही गम्भीर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफ्नो जीवन उद्धार गर्नका लागि अपील गरेका विभिन्न कुराहरु बाहिर आएका छन । एक मिनेट पनि उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन । यो देशमा सरकार छ । मुलुकमा राज्य छ । ती नागरिकहरुको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्ना कदमहरुलाई अगाडि बढाउनु पर्छ भन्ने म ठान्छु । सरकारले एउटा विज्ञप्ती जारी गरेर मात्रै पुग्दैन सभामुख महोदय । सरकारले संसदमा आएर त्यहाँको घटनाको विवरण दिएर मात्रै पनि पुग्दैन सभामुख महोदय । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्‍यो । हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्‍यो । उनीहरुलाई उद्धार गर्नुपर्‍यो ।’



प्रतिक्रिया दिनुहोस्