Logo

हत्यारालाई आममाफी दिएर राष्ट्रपतिले कानुनीराज्यको धज्जी उडाउनुभयोः सांसद राणा



काठमाडौं,२१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जबराले हत्या आरोपमा जेल सजाय काटिरहेका रिगल ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएर राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी राज्यको धज्जी उडाएको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै राणाले हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई आममाफी दिनु गलत रहेको बताए ।

उनले भने,‘यही कारणले हामीले पटक-पटक यो सदनमा भन्दै आएका छौँ, हामीलाई सबैको साझा एउटा राजा चाहिएको छ । राष्ट्रपतिले मन्त्रीपरिषद्को निर्णय मान्नुपर्ने, मन्त्रीपरिषद्ले पार्टीको निर्देशन मान्नुपर्ने, पार्टीले गुण्डा र हत्यारा पाल्ने र ती हत्यारा र गुण्डालाई जब सजाय हुन्छ अनि राष्ट्रपति मार्फत फेरी उन्मुक्ति पाउने व्यवस्था हाम्रो संविधानले बनाएको छ ।’



प्रतिक्रिया दिनुहोस्