Logo

धर्मको नाममा राजनीति गरेर एकले अर्कोलाई लडाउन थालियो: सांसद खतिवडा



काठमाडौं,२१ असोज । नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले धर्मका नाममा नेपालमा एकले अर्कोलाई लडाउने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले धर्मका नाममा हुने यस्ता गतिविधि तत्काल निस्तेज पार्नसमेत माग गरेका छन् । उनले धार्मिक र सामाजिक एकताका साथै सामूदायीक सद्भावमासमेत जोड दिए ।

सांसद खतिवडाले भने,‘केही मान्छेहरु एउटा समुदायलाई इङ्कित गरेर देशबाट निकाला गर्नुपर्छ भनेर वक्तव्य दिएर हिँडेका हुन्छन् । कोही धर्मका नाममा राजनीति गरिरहेका हुन्छन् । कोही धार्मिक सहिष्णुता खलल गर्ने काममा लागेको देखिन्छ । हामी धेरै वर्षदेखि नेपालीहरु एकीकृत भएर सदभावपूर्ण रुपमा बसेका नेपालीहरुलाई विभिन्न बाहनामा धर्मको नाममा झगडा गराउने कामहरु भएको देखिन्छ । चाहे कोशी प्रदेशको धरानमा भएको घटना भएको होस, चाहे सर्लाही र नेपालमा भएका घटना हुन ।’



प्रतिक्रिया दिनुहोस्