Logo

एकीकृत समाजवादी प्रवेश गरेको २४ घण्टामै एमाले फर्किए रोहिणी अध्यक्ष कौशल



काठमाडौं,२२ असोज । आइतबार बिहान नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एमाले रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सुनिल कौशल पुनः एमालेमै फर्किएका छन् ।

आइतबार रुपन्देहीमा आयोजित नेकपा एसको जागरण अभियानमार्फत एमाले छोडेको घोषणा गर्दै नेकपा एस प्रवेश गरेका कौशल आज फेरि एमालेमै फर्किएका हुन् । उनले आज विज्ञप्ति जारी गर्दै आफूले हतारमा गल्ती गरेको र उक्त गल्तीलाई महसुस गरेर मूलधारमै रहेको उल्लेख गरेका छन् ।

पार्टीभित्रको आन्तरिक समस्याका कारण एमाले परित्यागको घोषणा गरेको भए पनि आफू साविककै पार्टी एमालेमा रहेको उनले बताएका हुन् । कौशलले नेपाली जनताको आड भरोसाको पार्टी नेकपा एमाले भएको उल्लेख गर्दै आफू विचलित भएर गरेको एमाले परित्यागको निर्णयलाई पुनः सच्च्याएको विज्ञप्तिमार्फत् बताएका छ्न् ।



प्रतिक्रिया दिनुहोस्