Logo

हमासको आक्रमणमा ज्यान गुमाएका विद्यार्थीको शव तत्काल ल्याउन कांग्रेस नेता केसीको माग



काठमाडौं,२२ असोज । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले इजरायलमा निधन भएका विद्यार्थीको शव तत्काल ल्याउन सरकारसँग जोडदार माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले हमासको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीको शव तत्काल ल्याउन सरकारसँग माग गरेका हुन्।

उनले इजरायलमा रहेका नेपालीकी संख्या यकिन गरी संसदमा जानकारी गराउन समेत आग्रह गरे। उनले भने ‘इजरायलमा झन्डै एक लाख २३ हजार विस्थापित भएको खबर प्राप्त भएको छ। त्यसमा नेपाली के कति छन् परेका छन् यसको विवरण संसदमा प्रस्तुत गरियोस्।’

उनले इजरायलमा पछिल्लो पटक विकसित घटनाबारेमा बुझ्न पनि सरकारसँग माग गरे। नेता केसीले आक्रमणमा परी घाइते विद्यार्थीको उपचार र उद्दारका लागि छिटो पहल गर्नुपर्ने बताए।

इजरायलमाथि हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधन भएको परराष्ट्रमन्त्रालयले पुष्टि गरेको छ।



प्रतिक्रिया दिनुहोस्