Logo

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा युवा नेता भट्टराईको उम्मेदवारी



काठमाडौं,२४ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन अन्तर्गत प्रदेश कमिटीको सदस्यमा युवा नेता तिर्थराज भट्टराईले उम्मेदवारी दिएका छन् ।

युवा र पार्टीमाझ लोकप्रिय रहेका भट्टराईले प्रदेश कमिटी सदस्य (भुगोल युवा कैलाली) पदमा मनोनयन दर्ता गराएका हुन् । लामो समयसम्म प्रवासमा रहेर पार्टी काममा सक्रिय रहेका भट्टराई तत्कालीन नेकपा कालमा पनि प्रदेश कमिटीको सदस्यनै रहेका थिए ।

आइतबारबाट जारी एमालेको प्रदेश अधिवेशन अन्तर्गत अहिले अध्यक्षसहतिका पदाधिकारीमा सर्वसम्मतको प्रयास भइरहेको छ । अध्यक्षमा अछामका कृष्णप्रसाद जैसीलाई सर्वसम्मत गराउन नेतृत्व तहले छलफल गरिरहेको छ । सहमति जुट्न नसकेमा आज दिउँसोबाट मतदान थालिने एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्