Logo

इजरायलमा रहेका नेपाली लिन आजै जाहज पठाइने



काठमाडौं,२४ असोज । गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणपछि द्धन्द्धग्रस्त क्षेत्रका नेपाललाई उद्धार गर्न नेपालबाट आजै जाहज पठाइने भएको छ ।

नेपाल वायु सेवा निगमको जाहज आजै राती ११ बजे इजरायल पठाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

प्रधानमन्त्री र पर्यटनमन्त्रीको छलफलपछि निगमले आजै जाहज पठाउन लागेको हो । शनिबार भएको हमास समूहको हमलामा परेर १० जना नेपालीले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्