Logo

मुमाराम खनालको दाबी : सबभन्दा भ्रष्टहरुलाई काखी च्याप्ने भनेको प्रचण्डले नै हो (भिडिओसहित)



काठमाडौं, २४ असोज । राजनीतिक विश्लेषक मुमाराम खनालले अहिलेका प्रमुख दलहरुबाट नेपालको राजनीति सङ्लो नहुने बताएका छन् । उनले नेपालको राजनीतिको मुहान नै धमिलिएको टिप्पणी गरे । हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

खनालले नेपालमा सबभन्दा बढि भ्रष्टहरुलाई काखी च्याप्ने काम अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको आरोप लगाए । उनले भने,‘माओवादी केन्द्रको सत्ता दोहनबाहेक अर्को उद्देश्य छैन् । प्रचण्ड पछिल्लो समय सत्ता दोहनमा लागेको होईन, पहिलो चोटी प्रधानमन्त्री हुँदा प्रचण्डले सत्ता दोहनको भेउ नपाएर हो । उहाँले पार्टीभित्र पनि सबैभन्दा भ्रष्ट भएकाहरुलाई काखी च्याप्ने गर्नुभएको छ । सबभन्दा भ्रष्टहरुलाई पद दिने पनि प्रचण्डले नै हो । प्रचण्ड नै त्यो पार्टीको मूलभुत समस्या हो क्या ।’



प्रतिक्रिया दिनुहोस्