Logo

काठमाडौंमा प्रहरीले चलाएको गोलीबाट एक जना घाइते



काठमाडौं,२५ असोज । काठमाडौँको बौद्धमा गोली चलेको छ। बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

प्रहरीले गोली हानेर एकजनालाई लुटेरालाई नियन्त्रणमा लिएको छ।प्रहरीले चलाएको गोलीबाट सिन्धुली घर भएका अमर घलान घाइते भएका छन् ।

उनले सुन तस्करी तथा लुटपाट गरेको सूचनापछि नियन्त्रणमा लिनका लागि गोली चलाईएको प्रहरीको दाबी छन् । ती व्यक्तिको साथबाट पेस्तोल र ७ राउन्ड गोली बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्