Logo

कोशीको मुख्यमन्त्रीमा केदार र इन्द्रको दाबी पेश, पेचिलो बन्दै राजनीतिक खेल



काठमाडौं,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेश भएको छ । नेपाली कांग्रेसका सांसद केदार कार्की र माआवादी केन्द्रका सांसद इन्द्र आङ्बोले छुट्टा छ्ट्टै दाबी पेश गरेका हु्न । केदारले कांग्रेसका ८ सहित एमालेका ४० सांसदको हस्ताक्षर बुझाएका छन् भने आङ्बोले चार दलका संसदीय दलका नेताको हस्ताक्षर बुझाएका छन् । काकीलाई। नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुले समर्थन गरेका छन् ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेको बताइएको छ ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको शेखर पक्षले विरोध जनाउँदै आएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।



प्रतिक्रिया दिनुहोस्