Logo

युद्धग्रस्त भूमिबाट नेपालीलाई उद्धार गरेकोमा ओलीले दिए सरकारलाई धन्यवाद



काठमाडौं,२६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युद्धग्रस्त इजरायलबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सफल भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

शनिबार भएको प्यालेस्टाइनी विद्रोही समूह हमासकाने हमलापछि अशान्त बनेको इजरायलमा रहेका २५३ जना नेपाली विद्यार्थीलाई बिहीबार सरकारले नेपाल ल्याएको थियो । उक्त कार्यको प्रशंसा गर्दै ओलीले सरकारलाई धन्यवाद दिएका हुन् ।
‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन् । युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ। नेपाली विद्यार्थीलाई काठमाडौ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद ’। ओलीले आज सामाजिक सञ्जालमा लेखेका छन् । शनिबार भएको हमास समूहको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएका थिए ।



प्रतिक्रिया दिनुहोस्