Logo

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कार्तिक १२ मा नेपाल आउने



काठमाडौं,२६ असोज । नेपाल भ्रमणमा आउने टुंगो लागेर अन्तिममा स्थगित भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस कार्तिक १२ मा नेपाल आउने भएका छन् ।

शनिबारबाट इजरालयमा सुरु भएको हमासको आक्रमणले उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर भ्रमण स्थगित गराएका गुटेरेर कार्तिक १२ मा नेपाल आउने टुंगो लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपाल आउन लागेका गुटेरेसले नेपालको प्रतिनिधि सभामा सम्बोधन गर्ने तयारी छ । उनी तत्कालै नेपाल आउने भएपछि आजबाट अन्त्य गर्ने भनिएको संसद्को चालू अधिवेशन तत्काल अन्त्य नहुने भएको छ ।

भदौं ३० गते संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन गएको प्रधानमन्त्री प्रचढडले गुटेरेलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्