Logo

गठबन्धनलाई चुनौती दिँदै कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त



काठमाडौं,२७ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्की नियुक्त भएका छन् ।

शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई नेपाली कांग्रेसका ७ र नेकपा एमालेका ३९ गरी ४७ सांसदले समर्थन गरेका छन् । ९३ सदस्यीय प्रदेश सभामा माुख्यमन्त्री नियुक्त हुन् ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

बिहीबार साँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए ।

सो धारा अन्तर्गत केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेसबाट प्रदेश सभा सदस्य निर्वाचित भएका केदारले कांग्रेसको निर्णयको विरुद्धमा विद्रोह गर्दै कांग्रेसका ८ प्रदेश सभा सदस्यसहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

कांग्रेसका ८ र एमालेका उप सभामुखसहित ४० सदस्यले केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । कोशी प्रदेश सभामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्दछ । एमालेबाट कोशी प्रदेशको उप सभामुखले सभा चलाएको अवस्थामा पनि उनको पक्षमा ४७ सदस्य पुग्ने छन् । कोशी प्रदेशमा ४७ प्रदेश सभा सदस्य बहुमत हो ।

सभामुख पद रित्त रहेको अवस्थामा पनि कार्कीले विश्वासको मत पाउने छन् । मुख्यमन्त्री दावी गर्दा ८ जनाले मात्रै हस्ताक्षर गरेपनि कार्कीको् पक्षमा थप कांग्रेसका प्रदेश सभा सदस्यहरु खुलेका छन् । काङ्ग्रेसले भने माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्