काठमाडौँ,२७ असोज । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको बताएका छन् ।
शनिबार काठमाडौंको शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्तीका अवसरमा आयोजित समारोहमा बोल्दै नेता पौडेलले सामूदायीक विद्यालयमा राज्यले पनि राज्यले लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
पौडेलले सबै नागरिकको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सरकारले सामुदायिक विद्यालयको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
सार्वजनिक शिक्षाप्रति राज्य गम्भीर हुनुपर्छ भन्दै सांसद पौडेलले शैक्षिक पूर्वाधार र जनशक्ति व्यवस्था गर्न सरकार तयार हुनुपर्ने सुझाव दिए । “सार्वजनिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै छ, यस क्षेत्रमा राज्यले पनि लगानी बढाउनुपर्छ”, उनले भने ।