Logo

पत्रकार धमलाद्धारा दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो अवलोकन (तस्बिरहरु)



काठमाडौं,२७ असोज । रिपोर्टर्स क्लबका सभापति तथा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको अवलोकन गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्द्दाटन गरेको एक्स्पोमा पत्रकार धमलासहितको टोलीले आज अवलोकन गरेको हो ।

शुक्रबार बाट सुरु एक्स्पो आगामी २९ असोजसम्म जारी रहने आयोजकले जनाएको छ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।

एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने छन् ।

तस्बिरहरु अरुणजंग कार्की रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्