Logo

तस्बिरमा हेर्नुहोस् एमालेले आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिताको रौनक



काठमाडौं,२८ असोज । नेकपा एमाले काठमाडौं महानगर कमिटीले चङ्गा उडाउने प्रतियोगिताको आयोजना गरेको छ । नेपालीहरुको महान चाड् विजया दशमी, शुभ दिपावली , छठ तथा नेपाल संवतको अवसर पारेर आज काठमाडौंमो चंगा उडाउने प्रतियोगिता आयोजना गरेको हो ।

आइतबार काठमाडौंको खुल्लामञ्चमा पार्टी उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा महानगरस्तरीय प्रतियोगितको आयोजना गरिएको हो ।

अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा विजया दशमी, दीपावली, नेपाल संवत ११४४ न्यूदँया भिन्तुना, नयाँ वर्ष तथा छठको अवसरमा कार्यक्रमा गरेको एमालेले जनाएको छ ।

विगतमा चंगा र किसानको परम्परागत सांस्कृतिक सम्बन्ध रहेको भन्दै अखिलले विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो ।

तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्