Logo

मुख्यमन्त्रीको शपथ लिँदै कार्कीले भनेः राजनीतिक संकट हट्यो,सहमतिको सरकार बनाउन ढोका खुला छ



काठमाडौं,२८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्की शनिबार एमालेको ३९ सांसद र कांग्रेसको विद्रोही समूहको ८ सांसद्को समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीको शपथ लिँदै कार्कीले राजनीतिक संकटको अन्त्य भएको दाबी गरेका छन् । ‘प्रदेशसभा विघटन हुन्छ कि मध्यावधिमा जान्छ कि भन्ने जनतामा चिन्ता र चासो थियो। राज्यको ढुकुकी बीचमै खर्च हुने पो हो कि भन्ने चिन्ता थियो त्यो हटेको छ,उनले भने,‘कोशिमा राजनीतिक संकट समाधान भएको छ।’

उनले प्रदेशमा सहमतिको सरकारका लागी आफूहरु तयार रहेको बताए । सहमतिका लागि सदैव ढोका खुल्ला रहेको कार्कीको भनाई छ । उनले भने ‘यसअघिका मुख्यमन्त्रीले पनि सहमतिको सरकारका लागि आह्वन गरेका थिए। सहमतिको सरकार लागि ढोका खुला छ।’



प्रतिक्रिया दिनुहोस्