काठमाडौं,२८ असोज । गत जेठ ७ गते आफ्नै घरमा सलको पासो लागेको अवस्थामा मृत भेटिएको जनकपुरकी आरती साहलाई न्याय दिन मागगर्दै परिवारजन र नागरिक अधिकारकर्मीले माईतीघर मण्डलामा धर्ना दिएका छन् ।आइतबार आरतीको परिवारका साथै विभिन्न क्षेत्रमा रहेर वकालत गरिरहेका अधिकारकर्मीहरुले आरतीलाई न्याय माग्दै धर्ना दिएका हुन् ।
धर्नामा उत्रिएकाहरुले ‘म पनि यहि देशको नागरिक हो सरकार’,‘आरती साहलाई न्याय दे’‘पीडितमाथिको राज्य आतंक बन्द गर’,‘न्याय माग्न कहाँ जाने’,लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।
आफ्नो छोरीको हत्या भएको भन्दै आरतीका माइती पक्ष १२२ दिनदेखि माइतीघरमा आन्दोलनमा उत्रिँदै आएको छ । उनीहरुको आरतीको हत्या उनका श्रीमानको परिवारले गरेको आरोप लगाउँदै आएका छन् । आरतीको निधनपछि माइती पक्षले दिएको जाहेरीका आधारमा पक्राउ परेका उनका श्रीमान र ससुरा जिल्ला अदालतको आदेशमा साधरण तारेखमा रिहा भईसकेका छन् ।
उनको हत्या भएको र हत्यामा संलग्नलाई कारबाही गर्न भन्दै सडकदेखि सदनसम्म आवाज उठेको ४ महिना हुँदा पनि यस घटना टुंगोमा भने पुग्न सकेको छैन ।