काठमाडौं,२९ असोज । राष्ट्रिय सभाका स्वतन्त्र सांसद डा.खिमलाल देवकोटाले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै देवकोटालेसंविधानमा देखिएका कतिपय छिद्रहरु मेट्न एमालेसहतिको सरकार आवश्यक रहेको उनको भनाई छ ।
‘संविधान संशोधन गरेर सांसदको संख्या, मन्त्रीको संख्या, निर्वाचन प्रणाली लगायतमा सुधार आवश्यक छ । नागरिक स्तरमा देखिएका गुनासाको सम्बोधन र शाशन व्यवस्थामा देखिएका अविश्वाशका खाडलहरु पुर्न संविधानमा सुधार जरुरी छ’, देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।
साथै उनले संविधान संशोधन गर्न दुई तिहाईको वहुमत चाहिने भएकाले एमाले सहितको राष्ट्रिय सरकार बनाएर संविधानमा देखिएका सबै खाले छिद्रहरु पुर्ने काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘निराशाको व्यापार फस्टयाउन नदेऊ’, देवकोटाले भनेका छन् ।