Logo

यूएई, हङकङ्ग र नेपालबीच हुने त्रिकोणात्मक टी-२० प्रतियोगिताका लागि नेपाली टिमको घोषणा



काठमाडौं,२९ असोज । बुधबारबाट काठमाडौंमा हुने टी -२० त्रिकोणात्मक खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको आज कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाल, यूएई र हंकङ्गबीच बुधबारबाट त्रिकोणात्मक खेल हुँदैछ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

१८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा छन् ।

टोलीमा ललित राजवंशीले पुनरागमन गरेका छन् । १९ औं एसिया गेम्सको अभ्यासका क्रममा घाइते भएका बायाँ हाते स्पिनर ललित राजवंशीको दाहिने कलर बोनको असोज ४ गते शल्यक्रिया भएको थियो । उनी ४ हप्ताको आरामपछि टिममा फर्किएएका हुन् भने सन्दीप लामोसमय देखि अदालतमा विचाराधीन नाबालिग बलात्कारको मुद्दा झेलिरहेका छन् । उनले अदालतबाट अन्तिम फैसला नआउन्जेलसम्म राष्ट्रिय टिमबाट कुनैपनि खेल नखेल्ने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्