काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक सुरू भएको छ । देउवा निवास धुम्बाराहीमा उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापा पुगेका छन् ।
पाँच नेताबीचको छलफलमा कोशी प्रदेशमा देखिएको राजनीतिक परिस्थितिको बारेमा कुराकानी हुने छ । कोशी प्रदेशमा नेकपा एमालेसँग मिलेर कांग्रेस नेता शेखर कोइरालाले आफू निकटका केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए ।
आजको भेटघाटमा शेखर पक्षले गरेको विद्रोहबारे छलफल हुनेछ । पार्टी महामन्त्री गगन थापा र उपसभापति गुरुङ शेखर निकट भएपनि पछिल्लो समय कोशीको घटनामा भने उनीहरुले साथ दिएनन् । आजको छलफलमा कोशी विद्रोहले पार्टीमा पार्ने प्रभाव र आगामी दिनमा देखिने समस्याकाबारेमा छलफल हुनेछ ।